
फ्रान्समा जारी युरो २०१६ को क्वाटरफाइनल समिकरण पुरा भएको छ। गएराती भएको खेलहरुमा इटली र अाइसल्याण्ड विजयी भएसँगै क्वाटरफाइनल खेल्ने आठ टोलीको टुङ्गो लागेको हो।
२४ राष्ट्रको सहभागिता रहेको प्रतियोगितामा अब आठ राष्ट्रमात्र बाँकी छन्।
आयोजक फ्रान्स सहित पोल्याण्ड, पोर्चुगल, वेल्स, बेल्जियम, जर्मनी, इटली र आइसल्याण्ड अन्तिम आठमा प्रवेश गरेको छ। डिफेन्डिङ च्याम्पियन स्पेन र दाबेदारको रुपमा रहेको इंगल्याण्ड भने प्रिक्वाटरफाइनलबाटै बाहिरिएको छ।
प्रिक्वाटरफाइनल नतिजा
स्विट्जरल्याण्ड ४–५ पोल्याण्ड पेनाल्टीसुटआउटवेल्स १–० उत्तरी आयरल्याण्ड
क्रोएसिया ०–१ पोर्चुगल
फ्रान्स २–१ आयरल्याण्ड
जर्मनी ३–० स्लोभाकिया
हंगेरी ०–४ बेल्जियम
इटली २–० स्पेन
इंग्ल्याण्ड १–२ आइसल्याण्ड

क्वाटरफाइनल समिकरण
पोल्याण्ड भर्सेस पोर्चुगल असार १६ गते १२ः४५ बजे मध्यरातीवेल्स भर्सेस बेल्जियम असार १७ गते १२ः४५ बजे मध्यराती
जर्मनी भर्सेस इटली असार १८ गते १२ः४५ बजे मध्यराती
फ्रान्स भर्सेस आइसल्याण्ड असार १९ गते १२ः४५ बजे मध्यराती
सेमिफाइनल
असार २२ गते क्वाटरफाइनल १ को विजेता क्वाटरफाइनल २ को विजेता १२ः४५ बजे रातीअसार २३ गते क्वाटरफाइनल ३ को विजेता क्वाटरफाइनल ४ को विजेता १२ः४५ बजे राती