
ललितपुरको सातदोबाटो बन्दै आएकी आस्था बिष्ट सन् २०१५ कि 'मेरो लुक्स फोटो कन्टेस्ट'की विजेता हुन्। त्यसो त उनी आफूलाई 'फेसबुक क्वीन' समेत भन्न रुचाउँछिन्।
फ्रान्समा भइरहेको युरोकपको माहोलले उनलाई पनि छोएको छ। परिवार र साथीहरुको साथमा उनी युरोका खेलहरु हेर्दै आएकी छिन्। त्यसो त उनले कोपा अमेरिकाका खेल पनि हेरिन्। उनलाई मन पर्ने खेलाडी अर्जेन्टिनाका लियोनल मेसी हुन्। कोपाको भरखरै सकिएको खेलमा भने अर्जेन्टिना उपाधि उचाल्नबाट वञ्चित हुनुपरेको छ।
युरोमा उनले समर्थन गर्ने टिमचाहिँ इंगल्यान्ड हो। इंगल्यान्ड पनि बाहिरिइसकेको छ। तर उनका आशा भने बाँकी नै छ। किनकि रोनाल्डोको फ्यान हुन् उनी। रोनाल्डोको टिम पोर्चुगल अन्तिम ८ मा प्रवेश गरिसकेको छ।
हेरौं, रोनाल्डोको चमत्कारले आस्थालाई कतिको खुसी बनाउने हो?