PahiloPost

Sep 16, 2026 | ३१ भदौ २०८३

पेस्तोल र डेटोनेटर सहित एक जना पक्राउ



पहिलोपोस्ट

सुर्खेत :  सुर्खेतबाट एक थान कटुवा पेस्तोल र फ्युज जडान गर्ने दुई थान डेटोनेटरसहित एक जना पक्राउ परेका छन्।
 
भेरीगंगा नगरपालिका–३ स्थित ससुराको घरमा बस्दै आएका रुकुम घेत्मा–४ का ४१ वर्षीय तुलाराम थापा पक्राउ परेका हुन्। उनी बस्ने घरमा अवैध कटुवा पेस्तोल राखेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको प्रहरी टोलीले ती सामग्री बरामद गरेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell