PahiloPost

Feb 26, 2025 | १४ फागुन २०८१

एयरहोस्टेससँग जवर्जस्ती सेल्फी खिच्न खोज्दा पुलिसको फन्दा



पहिलोपोस्ट

एयरहोस्टेससँग जवर्जस्ती सेल्फी खिच्न खोज्दा पुलिसको फन्दा

मुम्बई : जेट एयरवेजकी एयरहोस्टेसलाई जवरजस्ती सेल्फीमा अटाउन खोज्ने एक युवक पक्राउ परेका छन्

एयरक्राफ्टको नियम विपरित ट्वाइलेटमा चुरोटसमेत खाएको उनीमाथि आरोप लागेको छ। २९ वर्षका मोहम्मद अवुवाकरलाई मुम्बईको छत्रपति शिवाजी इन्टरनेसनल विमानस्थलमा समातिएको हो। विमान दमामबाट मुम्बई आएको हो।

दमामबाट विमान उडेलगत्तै घटनाक्रम अघि बढ्छ। आफ्नो उजुरीमा विमान परिचारिकाले भनेकी छिन्, 'म हिडिरहेको समयमा उसले मेरो हात समात्यो र भन्यो - चलो न यार एक सेल्फी लेते है।' उनले प्रस्ताव अस्वीकार गरिन्। त्यसपछि पूरै यात्राभर ती युवकले एयरहोस्टेसलाई हैरान पारिरहे।

ती एयरहोस्टेजलाई पछ्याइरहेका युवकले उनी सिटमा बस्दा पनि उनी पछाडि पुगेर उभिइरहे। अति भएपछि एयरहोस्टेस चिच्याइन्। उनको आवाज सुनेलगत्तै चार क्या बिन क्रु त्यहाँ आइहाले। तिनीहरुलाई देखे लगत्तै अवुवकर विमानको ट्वाइलेट छिरिहाले।

भित्र चुरोट खाएर उनी फर्किए। क्रुले उनलाई चुरोटको बट्टा हस्तान्तरण गर्न भने र लाइटर खोसे। सव-इन्स्पेक्टर भिएस पवारले भने, 'उनले कसरी चुरोट र लाइटर लैजान सके त्यो खोजको विषय बनेको छ। यात्रामा चुरोट पिएर उनले सबैको ज्यान जोखिममा पारेका थिए। उनको मोबाइल फोन जफत गरिएको छ।'

उनलाई इन्डियन पेनल कोडको सेक्सन ३५४ र ३३६ तथा एअरक्राफ्ट रुल्सको सेक्सन २५ अन्तर्गत मुद्दा चलाइने तयारी भएको छ। उनलाई अहिले हिरासतमा राखिएको छ।

समातिएका युवकले रमाइलोका लागि मात्र आफूले सेल्फीको प्रस्ताव राखेको दावी गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell