PahiloPost

Feb 26, 2025 | १४ फागुन २०८१

प्रचण्डलाई अस्ट्रेलियन राजदूतले भने- 'म सरकार र पुलिसको सम्पर्कमै छु, त्यस्तो केही होइन'



पहिलोपोस्ट

प्रचण्डलाई अस्ट्रेलियन राजदूतले भने- 'म सरकार र पुलिसको सम्पर्कमै छु, त्यस्तो केही होइन'

काठमाडौं :  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र अस्ट्रेलियाका राजदूत ग्लेन ह्वाइटबीच आज बिहान अध्यक्ष निवास लाजिम्पाटमा भेटवार्ता भएको छ।
 
भेटका क्रममा राजदूत ह्वाइटले प्रचण्डको अस्ट्रेलिया भ्रमण स्थगित भएकोबारे चासो राख्दै मिडियामा आएका समाचारबारे अवगत गराएका थिए।
 
प्रवासी संस्था जनप्रगतिशिल मञ्च, अस्ट्रेलियाको राष्ट्रिय अधिवेशन उद्घाटनका लागि प्रचण्ड असार ८ गते त्यसतर्फ जाने कार्यक्रम थियो। तर अन्तिम समयमा उनले भ्रमण स्थगित गरेका थिए।
 
राजदूतसँगको भेटमा प्रचण्डले मिडियामा आएको जस्तो स्थिति नरहेको भन्दै वर्तमान राजनीतिक स्थिति र पार्टी कामको चापका कारण स्थगित गर्नुपरेको जानकारी गराएका थिए। अस्ट्रेलियामा आम निर्वाचन हुन लागेकाले तत्काल स्थगित गर्नुपरे पनि उपयुक्त समयमा जान सकिने उनले बताए।
 
भेटका अवसरमा प्रचण्डले नेपालको राजनीतिक विकासबारे पनि अवगत गराएका थिए। संविधान कार्यान्वयन, शान्ति प्रक्रियाका बाँकी कार्यभार पूरा गर्न, मधेसी, थारू, जनजाति लगायतको मागलाई सम्बोधन गर्न तथा पुनर्निर्माण अभियानलाई तीव्रता दिन राष्ट्रिय सहमतीय सरकारको आवश्यकतामा जोड दिए। 'यसका निम्ति राजनीतिक पार्टीहरुबीच सकारात्मक छलफल भइरहेको छ,' भेटमा क्रममा उनले भने, 'अन्तर्राष्ट्रिय समुदायको समेत सकारात्मक सहयोगको अपेक्षा गर्दछौं।'
 
राजदूत ह्वाइटले अस्ट्रेलियन सरकारले नेपाल र नेपाली जनतालाई सहयोग गर्दै आइरहेको तथा पुनर्निमाणमा सहयोग गरिरहेको जानकारी गराए। आफू नियमित रुपमा अस्ट्रेलियन सरकार, पुलिस र महान्यायधिवक्ताको सम्पर्कमा रहेको र त्यसक्रममा कुनै समस्या नरहेको पनि राजदूतले प्रचण्डलाई बताएका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell