PahiloPost

Feb 26, 2025 | १४ फागुन २०८१

आइसल्याण्डसँग हारेपछि इंगल्याण्डका प्रशिक्षक रोए हडसनले दिए राजीनामा



पहिलोपोस्ट

आइसल्याण्डसँग हारेपछि इंगल्याण्डका प्रशिक्षक रोए हडसनले दिए राजीनामा

युरोकप अन्तर्गत प्रिक्वाटरफाइनल खेलमा आइसल्याण्डसँग पराजित हुँदै युरोबाट बाहिरिएपछि इंग्ल्याण्डका प्रशिक्षक रोय हडसनले आफ्नो पदबाट राजीनामा दिएका छन्।

गएराति भएको खेलमा इंगल्याण्ड आइसल्याण्डसँग अप्रत्यासित रुपमा २-१ गोल अन्तरले पराजित भएको थियो।

‘म माफी चाहन्छु कि मैले यसरी नै अन्त्य गर्नुपर्‍यो तर फुटबलमा यस्तो भइरहन्छ,' खेलपछि राजीनामाको घोषणा गर्दै हडसनले भने, 'मलाई आशा छ तपाईंहरुले चाँडै नै इंग्ल्याण्डलाई मुख्य प्रतियोगिताको फाइनलमा देख्न पाउनुहुनेछ।’

फाबिया कापोलोपछि सन् २०१२ को मेमा हडसन इंग्ल्याण्डको प्रशिक्षकमा नियुक्त भएका थिए। हडसनको चारवर्षे प्रशिक्षणमा इंगल्याण्डले मुख्य प्रतियोगितामा खेलेको ११ खेलमध्ये ३ मा मात्रै जित हात पार्‍यो।

मात्रै ३ लाख ३० हजार जनसंख्या भएको आइसल्याण्डसँगको हार हडसनको प्रशिक्षणमा भएको सबैभन्दा अप्रत्यासित हार हो।
घरेलु व्यावसायिक लिग नभएको आइसल्याण्ड फिफा वरियतामा ३४ औं स्थानमा  छ।

हडसनले आफ्नो प्रशिक्षणमा भएका ५६ खेलमध्ये ३३ मा टीमलाई जिताएका छन्। युरोकप सकिएलगत्तै हडसनको इंगल्याण्डसँगको सम्झौता सकिने थियो। त्यो थप गर्ने तयारी पनि भइरहेको थियो। तर आइसल्याण्डसँगको हारले उनलाई राजीनामा दिन बाध्य बनायो।

यस्तै, सहायक प्रशिक्षकद्वय ग्यारी नेभिल र रे लेविनटनले पनि इंगल्याण्डको प्रशिक्षकबाट राजिनामा दिएको हडसनले बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell