PahiloPost

Apr 27, 2026 | १४ बैशाख २०८३

​दुई म्यानमारका भरियासहित नेपाली ड्रग्स तस्कर थाइल्यान्डमा पक्राउ



पहिलोपोस्ट

लामो समयदेखि लागू पदार्थको कारोबारमा संलग्न रहँदै आएका दुई म्यानमार र एक नेपाली नागरिकलाई सुरक्षा निकायको विशेष अपरेसनमा पक्रेको लागू औषध नियन्त्रण बोर्डलाई उदृत गर्दै बैंककपोस्टले जनाएको छ।

अपराध नियन्त्रणमा अन्य एजेन्सीहरु समेत सक्रिय थिए जसले सुवर्णभूमि विमानस्थललाई केन्द्रमा राखेर काम गरेको थियो। अध्यागमन विभाग, विमानस्थलको एन्टी ड्रग पुलिस र सशस्त्र सुरक्षाबल मिसनमा संलग्न थिए।

समातिएका म्यानमारका नागरिक २२ वर्षका अनिल रहेको खुलेको छ। उनीसँग ७.३ किलोग्राम क्रिस्टल मेथाम्फेटेमिन जफत गरेको छ। ब्यागको फल्समुनि लुकाएर उनले लागू औषध सुवर्णभूमि विमानस्थल पुर्‍याएका थिए। यङ्गुन हुँदै उनले यो परिमाणको लागू औषध भित्र्याएका थिए।
उनकै सूचनाका आधारमा म्यानमारकी अर्की महिला विनार देवी पनि समातिइन्। त्यसै दिन २५ वर्षकी उनी एसियाटिक दी रिभर फन्ट सपिङ सेन्टर अगाडिको बसपार्कबाट पक्राउ परेकी हुन्।

समातिएका यी दुई म्यानमारका नागरिक भने एक नेपालीका भरिया रहेको प्रहरीको दावी छ। नेपालीले थाइल्यान्डमा रहेर क्रस बोर्डर ड्रग्स ट्राफिकिङ गर्दै आएको थाइ पुलिसको दावी छ।

ट्र्याकिङ गर्दै प्रहरीले बुद्धिमान तामाङलाई दुई दिनअघि मात्रै पक्राउ गर्‍यो।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell