PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

सत्तापक्ष-प्रतिपक्ष वार्ता : दुई विषयमा सहमति, एकमुष्ट २ लाख दिने कुराले अड्कायो सहमति



रमेश वाग्ले

काठमाडौँ : प्रतिपक्ष नेपाली कांग्रेसले उठाएका मागहरुको विषयमा छलफल गर्न सोमबार गठित संयुक्त कार्यदलको बैठकले केही विषयमा सहमति जनाए पनि एकमुष्ट दुई लाख दिनुपर्ने विषयलाई टुङ्गोमा पुर्‍याउन सकेको छैन। 

दिउँसो ३ बजेर ५० मिनेटमा बसेको बैठकमा सत्तापक्षले एनजिओलाई पुनर्निर्माणको जिम्मा दिने बारे छानबिन गर्ने विषयमा सहमति जनाएको छ। त्यसैगरी व्यक्तिगत तवरले भूकम्पपीडितहरुले बनाइसकेका घरहरु पनि मापदण्ड अनुसार छन् भने अनुदान उपलब्ध गराउने विषयमा पनि सत्तापक्ष सहमत भएको छ।

तर प्रतिपक्षले उठाउँदै आएको मुख्य विषय दुई लाख रुपैयाँ एकमुष्ट दिने विषयमा सत्तापक्ष सहमत भइसकेको छैन। कांग्रेसले यो विषयमा प्रधानमन्‍त्रीसँग छलफल गरेर स्वीकृति लिएर आउनुस् अनि मात्र छलफल हुन्छ भनेपछि अहिले कार्यदलका सदस्य प्रधानमन्त्रीसँग छलफल गर्न गएका छन्। 

संसद बैठक भने साँझ ५ बजेका लागि सारिएको छ। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell