काठमाडौं : महानगरीय अपराध अनुन्धान ब्युरोले नक्कली सरकारी कागजपत्र बनाउने तीन जनालाई पक्राउ गरेको छ।
विशेष सुराकीको आधारमा राजधानीको विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरुमा भक्तपुरका २६ वर्षीय विवेक भारती, महोत्तरी घर भई काठमाडौंको चाबहिल बस्ने ३५ वर्षीय जितबहादुर भुजेल र सुनसरी घर भई पुरानो बानेश्वर बस्ने २४ वर्षीय अनमोल अधिकारी रहेका छन्।
उनीहरुको साथबाट प्रहरीले केही नक्कली सवारी चालक अनुमतिपत्र (लाइसेन्स) समेत बरामद गरको छ।