
युरो कप २०१६ को दुई चरणका खेलहरु सम्पन्न भइसकेका छन्। पहिलो पटक २४ टोलीको सहभागिता रहेको प्रतियोगितामा समूह चरण र प्रिक्वाटरफाइनलमा चरणका खेलहरु सकिएका छन्।
कुल ५१ खेलमध्ये अहिलेसम्म ४४ खेल सम्पन्न भइसके। अब तीन चरणका खेल बाँकी छ। तीन खेल जित्ने टोली च्याम्पियन बन्नेछ।
समूह चरणमा सोचेअनुरुपको खेल हुन नसक्दा रोमाञ्चकता धेरै भएन। तर प्रिक्वाटरफाइनमा भने केहि रोमाञ्चकता थपियो।
प्रिक्वाटरफाइनलबाटै डिफेन्डिङ च्याम्पियन स्पेन बाहिरियो। अर्को युरोपियन फुटबलको हस्ती इंगल्याण्ड पनि अन्तिम १६ बाट अगाडी बढ्न सकेन। स्पेनलाई गत वर्षको उपविजेता इटलीले हरायो भने इंगल्याण्ड डेब्युटान्ट आइसल्याण्डसँग पराजित भयो।
क्वाटरफाइनलमा पुगेका मध्ये दुई टोलीले यसै संस्करणमार्फत युरो कपमा डेब्यु गरेका हुन्। दुई पुर्व विजेता पनि अन्तिम ८ मा पुगेका छन्।
प्रिक्वाटरफाइनलमा यी र यस्तै केही रोचक विशेषता यसप्रकार छन्।
पोल्याण्ड पहिलो पटक क्वाटरफाइनलमा
क्वाटरफाइनलमा पुगेका आठ मध्ये तीन टोली पहिलो पटक क्वाटरफाइनलमा पुगेका छन्। त्यसैमध्ये एक हो पोल्याण्ड। यसअघिका दुई संस्करणमा समूह चरणबाटै आउट भएको पोल्याण्ड तेस्रो सहभागितामा कवाटरफाइनल पुग्न सफल भएको हो। समूह सी मा दोस्रो बनेको पोल्याण्डले प्रिक्वाटरफाइनलमा स्विट्जरल्याण्डलाई पेनाल्टी सुटआउटमा हराएको थियो।वेल्स भाग्यमानी
पहिलो पटक क्वाटरफाइनलमा पुग्ने अर्को टीम हो वेल्स। रियस मड्रिड स्टार गारेथ बेलको प्रेरणादायी प्रदर्शनको साथ पाएको वेल्स समूह बीको विजेता बन्दै प्रिक्वाटरफाइनल प्रवेश गरेको हो। अल युके प्रिक्वाटरफाइनलमा वेल्सले उत्तरी आयरल्याण्डलाई १–० ले हराएको थियो । तर वेल्सको जितमा उत्तरी आयरल्याण्डका खेलाडीले आत्मघाती गोल उपहार दिएका थिए।डिफेन्डिङ च्याम्पियन स्पेन आउट
प्रतियोगिता अघि कमैले सोचका थिए होलान् स्पेन यती चाँडै आउट हुन्छ भनेर। जर्मनीसँगै सर्वाधिक तीन पटकको च्याम्पियन हो स्पेन। पछिल्ला दुई संस्करणको विजेता। स्पेनको लक्ष्य फ्रान्समा लगातार तेस्रो पटक युरो च्याम्पियन बन्दै उपाधिमा ह्याट्रिक गर्ने थियो। तर त्यो पुरा हुन सकेन। स्पेनलाइ गत वर्षको उपविजेता इटलीले २–० हरायो र प्रिक्वाटरफाइनलबाटै घर पठायो । साथै सन् २०१२ को फाइनलमा बेहोरेको बदला समेत लियो ।जर्मनीले अझै गोल खाएन
क्वाटरफाइनलमा पुग्ने आठ मध्ये ५ टोली अपराजित छ। पोल्याण्ड, पोर्चुगल, जर्मनी, फ्रान्स र आइसल्याण्डले समूह चरणदेखि कुनै पनि खेल हारेका छैनन्। वेल्स, बेल्जियम र इटलीले भने समूह चरणमा समान एक हार बेहोरेको थियो।क्वाटरफाइनलसम्म पुग्दा जर्मनीले कुनै गोल खाएको छैन। समूह चरणमा तीन गोल गरेको जर्मनीले प्रिक्वाटरफाइनलमा स्लोभाकिया विरुद्ध ३ गोल गरेको थियो। अहिलेसम्म ६ गोल गरेको जर्मनी गोल भने खाएको छैन।
पेनाल्टी सुटआउटबाट छिनोफानो
प्रिक्वाटरफाइनलमा ८ खेल भए । जसमध्ये एक खेलको निर्णय पेनाल्टी सुटआउटबाट भयो । प्रिक्वाटरफाइनल अन्तर्गत पोल्याण्ड र स्विट्जरल्याण्ड बीचको पहिलो खेलनै पेनाल्टीसुटआउटसम्म पुगेको थियो । निर्धारित ९० मिनेटमा र अतिरिक्त ३० मिनेटमा पनि खेल १–१ गोलको बराबरीमा रोकिएपछि निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो । जसमा पोल्याण्ड ५–४ ले विजयी भयो ।शाकिरीको बाइसाइकल गोल
पेनाल्टी सुटआउट बाहेक नकआउट चरणमा कुल १९ गोल भए। सबैभन्दा धेरै गोल हंगेरी र बेल्जियम बीचको खेलमा भयो। उक्त खेल बेल्जियमले ४–० ले आफ्नो पक्षमा पार्यो।तर शाकिरीको गोल चर्चामा रह्यो।
पोल्याण्ड र स्विट्जरल्याण्ड बीचको खेल पेनाल्टी सुटआउटमा जानु अघि एक एक गोलको बराबरीमा थियो। ४२ औं मिनेटमा ज्याकुब ब्लाज्कोवस्कीले गोल गर्दै पोल्याण्डलाई पहिले अग्रता दिलाएका थिए। पोल्याण्ड निर्धारित समयभित्रै करिब कबिर जितको नजिक थियो तर ८२ औं मिनेटमा जेद्रान शाकिरीले स्विट्जरल्याण्डका लागि बराबरी गोल गरे। उनले बाइसाइकल किकमार्फत शानदार गोल गरेका थिए। जुन प्रतियोगिताको उत्कृष्ट मध्येको गोलमा पर्छ।
आइसल्याण्डको बहादुरी
युरो सुरु हुनु अघि आइसल्याण्डको नाम कमैले सुनेका थिए होलान्। जारी युरो खेल्नेमध्ये सबैभन्दा कम जनसंख्या भएको राष्ट्र आइसल्याण्ड हो। त्यहाँ जम्मा ३ लाख ३० हजार मानिस छन्। कुनै व्यावसायीक फुटबल लिग छैन तर फुटबलको संस्कृती राम्रो छ।आइसल्याण्ड युरो २०१६ को डेब्युटान्ट टोली हो। सायद कमैले मात्र आइसल्याण्डले समुह चरण पार गर्छ भन्ने सोचेका थिए होलान्। तर अहिले युरो २०१६ को सबैभन्दा बढी कुरा गरिने टोली बनिसकेको छ आइसल्याण्ड। समूह चरणमा अपराजित रहेको आइसल्याण्डले प्रिक्वाटरफाइनलमा उपाधिकै दाबेदार इंग्ल्याण्डलाई पराजित गर्दै शनसनी मच्चाइसकेको छ। समूह चरणमा पोर्चुगल र हंगेरी जस्ता टोलीलाई बराबरीमा रोक्दै अष्ट्रियालाई पराजित गरेको आइसल्याण्ड समूह एफको उपविजेता बनेको थियो।
जारी युरोकपको सरप्राइजिङ टोली हो आइसल्याण्ड। आइसल्याण्डले अब क्वाटरफाइनलमा आयोजक फ्रान्सको सामना गर्नेछ।
यस्तो छ युरो २०१६ को क्वाटरफाइनल समिकरण
पोल्याण्ड भर्सेस पोर्चुगल असार १६ गते १२ः४५ बजे मध्यराती वेल्स भर्सेस बेल्जियम असार १७ गते १२ः४५ बजे मध्यराती
जर्मनी भर्सेस इटली असार १८ गते १२ः४५ बजे मध्यराती
फ्रान्स भर्सेस आइसल्याण्ड असार गते १२ः४५ बजे मध्यराती