PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

प्रधानमन्त्रीले भने, 'भूकम्पपीडितलाई २ लाख दिन विश्व बैँकलाई सोध्नुपर्छ'



रमेश वाग्ले

काठमाडौँ : भूकम्पपीडितलाई राहत दिने विषय उठाएर प्रमुख प्रतिपक्षीले गरिरहेको संसद अवरोध खुलाउन भएको शीर्ष नेतासहितको वार्तामा प्रधानमन्त्रीले एकमुष्ट २ लाख रुपैयाँ दिनका लागि विश्व बैँकलाई सोध्नुपर्ने बताएका छन्। 

दुई विषयमा सहमति भइसके पनि एकमुष्ट राहत रकम प्रदान गर्ने विषयमा सत्तापक्ष र प्रतिपक्षबीच सहमति हुन सकेको छैन। वार्तामा सहभागी नेपाली कांग्रेसका नेता प्रकाशशरण महतका अनुसार दुई लाख रुपैयाँ दिन नसकिने भए सरकारबाट तर्फबाट प्रस्ताव आओस् भनी कांग्रेसले बताएको थियो। 

यसको जवाफमा प्रधानमन्त्री केपी शर्मा ओलीले 'विधि फुकाउनु पर्छ, विश्व बैँकलाई सोध्नुपर्छ' भन्ने जवाफ दिएको महतले बताए। 

सरकारले ठोस प्रस्ताव ल्याउन नसकेको आरोप महतले लगाए। प्रधानमन्त्री सन्चो छैन भन्दै बैठकबाट छिट्टै बाहिरिए। सञ्चारकर्मीहरुसँग भने उनले कुरा मिल्छ, नमिल्ने भए किन बैठक बस्नू भन्ने प्रतिक्रिया दिए। 

समाधान खोज्न हिजो गठित सत्ता पक्ष र प्रतिपक्षको संयुक्त कार्यदलका सदस्यहरुबीच बैठक भने संसद भवन परिसरमा यो समाचार तयार पार्दासम्म जारी छ। संसद बैठक भने भोलिसम्मका लागि स्थगित भइसकेको छ।
 




@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell