
मेसीले अर्जेन्टिनी राष्ट्रिय फुटबल टीमबाट सन्यास लिएको एक दिनपछि बोएनस अाइरस सरकारले मेसीको प्रतिमा स्थापना गरेको छ
'डन्ट गो' क्याम्पियन अन्तर्गत बोएनस अाइरसका मेयर होरासियो रोड्रिग्वेन लरेटाले मेसीको प्रतिमा सार्वजनिक गरेका हुन् ।
अमेरिकामा सम्पन्न कोपा अमेरिका सेन्टेनारियो फाइनलमा चिलीसँग पराजित भएपछि मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका थिए ।
२९ वर्षकै उमेरमा सन्यास लिएका मेसीलाई अहिले सबैले सन्यास फिर्ता लिन आग्रह गरेका छन् । अर्जेन्टिनी राष्ट्रप्रतीले पनि टेलिफोन गरेर मेसीलाई सन्यासबारे पुर्नविचार गर्न आग्रह गरिसकेका छन् ।
अमेरिकाबाट सोमबार अर्जेन्टिना फर्केका मेसीले अर्जेन्टिनामा सार्वजनिक रुपमा अहिलेसम्म आफ्नो निर्णयका बारेमा बोलेका छैनन् ।
यस्तै अर्जेन्टाइन लेजेण्ड डिएगो अर्मान्डो म्याराडोनाले समेत मेसीलाई सन्यास फिर्ता लिन र २०१८ को रसिया विश्वकप खेल्न आग्रह गरेका छन् ।
मेसीलाई सन्यास फिर्ता लिन आग्रह गर्दै अहिले उनको प्रतिमा समेत सार्वजनिक भएको छ ।