PahiloPost

Jun 8, 2026 | २५ जेठ २०८३

शिरिष कुन्दरको फिल्म युट्युबबाट आउट



पहिलोपोस्ट

शिरिष कुन्दरको फिल्म युट्युबबाट आउट

हिन्दी फिल्म निर्देशक शिरिष कुन्दरले जुन २७ मा आफ्नो लघु फिल्म 'कृति' युट्युबमा २५ लाख पटक हेरियो भन्दै ट्विट मार्फत् खुसी व्यक्त गरे।

तर उनले ट्विट गरेको भोलिपल्टै नेपाली फिल्मकर्मी अनिल न्यौपानेले शिरिष कुन्दरको फिल्म कृति अब युट्युबबाट हटाइयो भन्दै लेखे। उनको ट्विटमा पनि खुसी झल्कन्छ।

कारण थियो, फिल्मको कथामा कपी राइट आरोप। सन् २०१५ अक्टुबरमा सार्वजनिक अनिल न्यौपानेको नेपाली लघु फिल्म 'बब'को कथा हुबहु नक्कल गरिएको भन्दै २०१६ जुनमा सार्वजनिक 'कृति' माथि आरोप लगाए। सामाजिक संजालमा लगातार भएको रिपोर्ट, कडा आलोचना र आरोपपछि शिरिष कुन्दरको फिल्म युट्युबबाट हट्यो।

अनिल न्यौपानेले पहिलो पटक जुन २४ मा आफ्नो फिल्म हिन्दी निर्देशक द्वारा नक्कल गरिएको भन्दै फेसबुक मार्फत् सार्वजनिक गरेका थिए। आफूले रगत पसिनासँगै पचास हजार लगानी गरेर बनाएको लघु फिल्मको कन्सेप्ट चोरिएकोमा दु:ख व्यक्त गरे। उनले फेसबुकमार्फत् कृतिलाई रिपोर्ट गर्न सबैलाई आग्रह गरे। पोस्ट सार्वजनिक भए लगत्तै हजारौं नेपाली तथा हिन्दी फिल्म दर्शक र ट्विटर, फेसबुक प्रयोगकर्ता कुन्दरको आलोचना र युट्युबमा फिल्म रिपोर्ट गर्न उत्रिएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell