.jpg)
काठमाडौं : भूकम्पपीडितलाई एकमुस्ट दुई लाख दिनुपर्ने माग गर्दै आएको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र सत्ता साझेदार दलका शीर्ष नेताबीच भएको सहमतिपछि प्रधानमन्त्री केपी शर्मा ओलीले व्यवस्थापिका संसदमा आज सम्बोधन गरे। तर प्रतिपक्षसँगको सहमति उल्लेख नै नगरेपछि कांग्रेसका सांसदहरुले बीचैमा उठेर विरोध जनाएपछि केहीबेर सदनमा हल्लाखल्ला भयो।
कांग्रेस सांसदहरुले हल्ला गर्न थालेपछि प्रधानमन्त्रीले केहीबेर सम्बोधन रोक्नुपरेको थियो। सभामुख ओनसरी घर्तीले पटकपटक बस्नका लागि आग्रह गरेपछि मात्रै उनीहरु बसेका थिए।
त्यसपछि प्रधानमन्त्रीले 'प्रतिपक्षीको कुरो मैले बुझिनँ' भन्दै सम्बोधनलाई निरन्तरता दिए। 'मैले दुई लाख एकैमुष्ट दिन मिल्दैन, त्यसमा एक लाख बढाइदिने भनेको छु,' उनले भने, 'साउनमा सम्झौता भएको छ अन्तराष्ट्रिय समुदायसँग अझै छलफल गर्नुछ।'
'भूकम्पपीडितलाई अनुदान दिने विषयमा सहमति गरौं भनेको छु। त्यसमा भएन भने के भएन? मैले बुझ्न सकिनँ,' उनले थपे, 'अघि हिन्दीमा बोल्नुभएको थियो एक जनाले बुझिएन होला। तर मैले त नेपालीमै बोलिरहेको छु। किन बुझिएन?