PahiloPost

Jul 24, 2026 | ८ साउन २०८३

विकासले दिए निःशुल्क संगीत शिक्षा



पहिलोपोस्ट

विकासले दिए निःशुल्क संगीत शिक्षा

संगीतकार विकास चौधरीले निःशुल्क संगीत शिक्षा दिएका छन्। उनले आफ्नै शान्ति इन्टरटेन्मेन्ट संगीत पाठशालामार्फत ५८ जना विद्यार्थीलाई तीन महिने संगीत शिक्षा दिएका हुन्।

बुधवार धान दिवसमा पुतलीसडकस्थित कार्यालयमा उनले तालिम लिएका विद्यार्थीलाई प्रमाणपत्र वितरण गरे।

‘पारिवारिक अवस्था कमजोर भएका कारण संगीत सिक्ने चाहना हुँदाहुँदै पनि सानोमा मैले संगीत सिक्न पाइन,’ चौधरीले भने, ‘त्यस्तै अरुलाई नहोस्। त्यसैले संगीत सिक्न चाहने विपन्न वर्गलाई टार्गेट गरेर मैले यो निःशुल्क कार्यक्रम ल्याएको थिएँ।’

कार्यक्रममा गायक तथा संगीतकार विमल श्रेष्ठ र फिल्म निर्माता नरेन्द्र महर्जनलाई विशेष सम्मान गरियो। फिल्म निर्देशक ओम प्रतीक, गायिकाद्वय सविना केसी, सहिमा श्रेष्ठ लगायत कार्यक्रममा सहभागी थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell