PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

​युरो क्वाटरफाइनल खेल्न नपाउने खेलाडीहरु



पहिलोपोस्ट

​युरो क्वाटरफाइनल खेल्न नपाउने खेलाडीहरु

फ्रान्समा चलिरहेको युरोकप २०१६ अन्तर्गत बिहीबारबाट क्वाटरफाइनलका खेल सुरु हुँदैछन्। २४ टोलीको सहभागिता रहेको युरोमा ४४ खेल सकिसकेका छन् भने अब ७ खेल मात्र बाँकी छ।

आयोजक फ्रान्सँगै, जर्मनी, इटली, बेल्जियम, वेल्स, पोर्चुगल, आइसल्याण्ड र पोल्याण्ड क्वाटरफाइनलमा पुगेका छन् भने डिफेन्डिङ च्याम्पियन स्पेन र अर्को दाबेदार इंगल्याण्ड बाहिरिसकेको छ।

पाँच खेलाडीले क्वाटरफाइलका खेल गुमाउने भएका छन्। जसमा फ्रान्सका एन गोलो कोन्टे र एदिल रामी, बेल्जियमको थोमस भर्मालेन र इटलीका थिएगो मोट्टा रहेका छन्।  अघिल्ला खेलहरुमा दुई पँहेलो कार्ड पाएका कारण यी खेलाडीले क्वाटरफाइनल गुमाउने भएका हुन्।

यस्तै पोल्याण्डका बार्तोस कपुस्का भने सस्पेन्सबाट फर्केका छन्। उनले पोर्चुगल विरुद्धको खेल खेल्न पाउनेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell