PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

'छुपु र छुपु हिलोमा धान रोपेर छोडौंला, बनाई कुलो लगाई पानी आएर गोडौंला’

'छुपु र छुपु हिलोमा धान रोपेर छोडौंला, बनाई कुलो लगाई पानी आएर गोडौंला’

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : आज असार १५।

‘मानो खाएर मुरी उब्जाउने’ महिना हो असार। असार १५ लाई धान दिवसका रुपमा मनाइन्छ। १३ औं राष्ट्रिय धान दिवस मनाउँदै देशका विभिन्न जिल्लामा रोपाइँसँगै कार्यक्रमहरु भएका छन्। केन्द्रीय स्तरमा भने कृषि विभागले ललितपुरको सिद्धिपुरमा धान दिवस मनायो। विभागले मनाएको यस पटकको दिवसमा कुनै पनि मन्त्रीको उपस्थिति देखिएन।

आजै दहीचिउरा खाने दिवस पनि हो। नेपाल कृषिप्रधान देश भएकाले अधिकांश नेपाली कृषि कर्ममा छन्। आजको असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु धान रोपेर विशेष रमाइलो पनि गर्ने गरिन्छ।
 
आजको दिन खेतमा रोपाहार, हली-बाउसे रोपाइँ गर्दै एकापसमा हिलो छ्यापाछ्याप गरेर रमाउने गर्छन्।

लोकभाकामा यो निकै चर्चित छ-
‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला
बनाई कुलो लगाई पानी आएर गोडौँला।’ 
 
​र, यो पनि

देशका कृषि मन्त्रीले भने गमलामा धान रोपाईँ गरे! पढ्नुस् 



ट्रेन्डिङ पोस्ट

Ncell