
व्यवसायी एवम् गायक हिक्मत बहादुर मालीको स्मृतिमा उनकी पत्नी उर्मिला माली द्वारा स्थापित हिक्मत बहादुर माली संगीत सम्मानबाट गायिका तारा थापा सम्मानित भएकी छिन्। राजधानीको सोल्टी होटेलमा आयोजित रोटरी क्लब अफ काठमाडौँ वेस्टको १६ औँ वार्षिक साधारण सभामा नगद २५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो।
रोटरी क्लब अफ काठमाडौँ वेस्टका संथापक अध्यक्ष मालीको स्मृतिमा दुई लाखको अक्षय कोष खडा गरिएको छ। मालीकी पत्नी उर्मिला, क्लबका प्रेसिडेन्ट विनोद कुमार मानन्धर र डिस्ट्रिक गर्भनर एवम् वार्षिक साधारण सभाका प्रमुख अतिथि केशव कुँवरले संयुक्त रुपमा सो सम्मान थापालाई प्रदान गरे।
गायिका थापा विगत लामो समय देखि क्यान्सरबाट पीडित छिन्। मालीको पनि क्यान्सरबाट केही वर्षअघि निधन भएको हो।