PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

रियो ओलम्पिकका लागि ब्राजिलियन फुटबल टीमको घोषणा, थियागो शिल्भा परेनन्



पहिलोपोस्ट

रियो ओलम्पिकका लागि ब्राजिलियन फुटबल टीमको घोषणा, थियागो शिल्भा परेनन्

आगामी अगस्टमा घरेलु भूमिमा हुने रियो ओलम्पिकको लागि ब्राजिलियन फुटबल टीमको घोषणा भएको छ।
 
नेमार र डगलास कोस्टा सहित फर्नाण्डो प्रास २३ वर्षमाथिका खेलाडीका रुपमा टीममा परेका छन्। ओलम्पिक टीममा २३ वर्ष मुनिका खेलाडी खेलाउने भए पनि तीन जना २३ वर्षमाथिका खेलाडी राख्न पाउने नियम छ।
 
ब्राजिलका उमेर समूहका प्रशिक्षक रोगेरियो मिलेकलले घोषणा गरेको १८ सदस्यीय सूचीमा पूर्वकप्तान थियागो सिल्भा, विलियन, मिरन्डा जस्ता खेलाडी भने टीममा पर्न असफल भए।
 
यस्तै ब्राजिलियन क्लब सान्तोषका युवा स्ट्राइकर गाब्रिएल बार्बोसा पनि टीममा परेका छन्।
 
ब्राजिलियन टीममा २ गोलरक्षक, ६ डिफेन्डर, ५ मिडफिल्डर तथा ५ स्ट्राइकर रहेका छन्। ब्राजिलले अहिलेसम्म ओलम्पिक फुटबलको उपाधि जित्न सकेको छैन।
 

ब्राजिलियन टीम

गोलरक्षक : फर्नान्डो प्रास, उइलसन
डिफेन्डर : मारक्युइनहोस, लुअन, रोड्रिगो काइओ, जेका, विलियम, युगलास सान्तोस
मिडफिल्डर : थियागो माइआ, रोड्रिगो डुराडो, फ्रेड, रफिन्हा, फिलिपे एण्डरसन
स्ट्राइकर : नेमार, डुगलास कोस्टा, गाब्रिएल जेसज, गाब्रिएल बार्बोसा, लुअन



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell