PahiloPost

Feb 26, 2025 | १४ फागुन २०८१

कृषिमन्त्री गजुरेलले भने- 'किसानहरुमा समस्या परे क्षमा चाहन्छु'



पहिलोपोस्ट

कृषिमन्त्री गजुरेलले भने- 'किसानहरुमा समस्या परे क्षमा चाहन्छु'

भीमदत्तनगर : कृषिमन्त्री हरिबोल गजुरेलले गमलामा धान रोप्नुलाई अन्यथा रुपमा नलिन आग्रह गरेका छन्।
 
राष्ट्रिय धान दिवसका अवसरमा काठमाडौँमा बुधबार आयोजित एक कार्यक्रममा गमलामा धान रोपेपछि उनीबारे अनेकखाले टिकाटिप्पणी भएका छन्। सामाजिक सञ्जालमा समेत नकारात्मक टिप्पणीको ओइरो लागेको छ।
 
नेकपा माओवादी केन्द्र निकट प्रेस सेन्टरले आज बिहान कञ्चनपुरको भीमदत्तनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री गजुरेलले धान रोप्ने विषयमा आएको समाचार पत्रकारिताको अधिकारभित्रै पर्ने भन्दै नरम रुपमा प्रस्तुत भए। कार्यक्रमको स्वरुप अनुसार गमलामा पानी हालेर धान रोप्नु कृषि मन्त्रालयसँग सम्बन्धित भएको उनको भनाइ छ। 'यसबाट उत्पन्न परिस्थितले किसानहरुमा कुनै समस्या परे क्षमा चाहन्छु,' मन्त्री गजुरेलले भने। (फाइल फोटो)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell