PahiloPost

Feb 26, 2025 | १४ फागुन २०८१

नक्कली पेस्तोल देखाएर धम्क्याउने, सक्कली सर्टगन र ४६ राउन्ड गोलीसहित पक्राउ



पहिलोपोस्ट

काठमाडौं : नक्कली पेस्तोल देखाएर धम्काउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
 
ललितपुर उपमहानगरपालिका-७ प्यागतल घर भई हाल हरिसिद्धि बस्दै आएका ४५ वर्षीय विकास महर्जन पेस्तोल र गोलीसहित समातिएका हुन्।
नक्कली पेस्तोल देखाई धम्काएको अभियोगमा उनलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसरका डिएसपी ईश्वर कार्कीले जानकारी दिए।

मर्हजनको साथबाट प्रहरीले १ थान सक्कली सर्टगन, त्यसमा लाग्ने ४६ राउण्ड गोली र पेस्तोल समेत बरामद गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell