PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

पक्राउ कार्यकर्ता रिहा गर्न माग गर्दै माओवादीले बुझायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र



पहिलोपोस्ट

पक्राउ कार्यकर्ता रिहा गर्न माग गर्दै माओवादीले बुझायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र

काठमाडौं : पक्राउ परेका आफ्ना कार्यकर्ता रिहाको माग गदै विप्लव माओवादीले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको छ।
 
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको माओवादीले विभिन्न माग राख्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ। आज नै उपत्यका सहित देशभरका जिल्लामा विरोध प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाइएको पार्टीका प्रवक्ता खड्गबहादुर विकले बताए।

दिउँसो १ बजे रत्नपार्कबाट सुरु भएको र्‍यालीमा सहभागीले सिंहदरबार पुगी प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका थिए। जसको नेतृत्व उपत्यका इन्चार्ज सन्तोष बुढाले गरेका थिए।

पक्राउ परेका आफ्ना कार्यकर्तालाई रिहा गर्नुपर्ने, देशमा भएको मुल्यवृद्धि तथा कालोबजारी नियन्त्रण लगायतका माग माओवादीले राखेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell