PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

दयाहाङ र नम्रता उत्कृष्ट कलाकार, २७ जनालाई दिइयो वरिष्ठ कलाकारको परिचयपत्र



पहिलोपोस्ट

दयाहाङ र नम्रता उत्कृष्ट कलाकार, २७ जनालाई दिइयो वरिष्ठ कलाकारको परिचयपत्र

काठमाडौं : दयाहाङ राई र नम्रता श्रेष्ठ यस बर्षको उत्कृष्ट कलाकार घोषित भएका छन्।
 
राष्ट्रिय चलचित्र पुरस्कारका लागि अभिनेतातर्फ कबड्डी कबड्डीबाट दयाहाङ राई र अभिनेत्रीतर्फ फिल्म क्लासिकबाट नम्रता श्रेष्ठ चुनिएका हुन्। चलचित्र बिकास बोर्डको १६ औं वार्षिक उत्सव र सम्मान कार्यक्रमको अवसरमा उनीहरु उत्कृष्ट कलाकार घोषित भएका हुन्।
 
बोर्डले बिहीबार थप २७ कलाकारलाई वरिष्ठ चलचित्रकर्मी घोषणा गर्दै परिचयपत्र वितरण गरेको छ। वरिष्ठ चलचित्रकर्मीको सम्मानसहित परिचयपत्र पाउनेमा मह जोडी, राजेश हमाल, हरिहर शर्मा, रविन्द्र खड्का, बसन्त श्रेष्ठ, शम्भुजित बासकोटा, रमेश बुढाथोकी, हरिबहादुर लामा, प्रदीपकुमार उपाध्याय, शिव श्रेष्ठ, रामचन्द्र अधिकारी, सुभाषप्रसाद गजुरेल, लयप्रसाद संग्रौला, टीका पहारी, मोहन निरौला, युवराज लामा, गणेश उप्रेती, छविराज ओझा, कृष्ण मल्ल, मदनदास श्रेष्ठ, राजेन्द्र खड्की र अशोक शर्माले रहेका छन्। त्यस्तै करिश्मा मानन्धर, मिथिला शर्मा, शर्मिला मल्ल, रुपा राना, लक्ष्मी गिरीले पनि वरिष्ठ चलचित्रकर्मीको सम्मान पाएका हुन्।
 
सम्मानित सबैलाई सूचना तथा सञ्चार मन्त्री शेरधन राईले प्रमाणपत्र वितरण गरे। दर्शकले खुब रुचाएको फिल्म पशुपति प्रसादले उत्कृष्ट फिल्मका साथै उत्कृष्ट कथाको उपाधि जितेको छ। त्यस्तै सम्पादकतर्फ क्लासिक फिल्मका सुरेन्द्र पौडेल सम्मानित भए। पुरुषोत्तम प्रधन सञ्जय लामाले ड्रिम्सबाट उत्कृष्ट छाँयाकारको उपाधि पाए। निर्देशकतर्फ दीपेन्द्र के खनाल पुरस्कृत भए। त्यस्तै 'यम्फु देउराली' नामक गुरुङ चलचित्रले आदिवासी जनजाति मातृभाषा फिल्मको उपाधि पायो। यस वर्ष दीर्घ साधना सम्मान बसुन्धारा भुसाललाई दिइयो।
यो वर्षको राष्ट्रिय चलचित्र पुरस्कार वितरण भने बिहीबार साँझ राष्ट्रपति भवन शीतल निवासमा गरिँदैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell