PahiloPost

Feb 26, 2025 | १४ फागुन २०८१

पुरानै सं‌रचनाको निर्वाचन स‌ंघीयताविरुद्ध : बाबुराम भट्टराई



पहिलोपोस्ट

पुरानै सं‌रचनाको निर्वाचन स‌ंघीयताविरुद्ध : बाबुराम भट्टराई

काठमाडौं : नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले संविधान जारी भइसकेको अवस्थामा पुरानै संरचनामा निर्वाचन गर्नु भनेको संघीयताविरुद्धको कदम हुने बताएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी हिँउदमा स्थानीय निकायको निर्वाचन गर्ने तयारीमा जुटेको विषयलाई लिएर भट्टराईले भने,'यसरी निर्वाचनमा जानु भनेको छुद्र राजनीतिमात्र हो। सीमाङ्कन लगायतका विषयमा पुनर्संरचनापछि निर्वाचन गर्नुपर्छ।'

सञ्चारकर्मीहरुसँगको छलफलमा भट्टराईले एकै पटक तीन तहको निर्वाचन गर्नु उपयुक्त हुने बताउँदै त्यसलाई ३/४ चरणमा पूरा गर्नु ठीक हुने बताए। उनले स्थानीय निकायहरुको पुनःसंरचना भइसकेपछि हुने निर्वाचनमा नयाँ शक्ति नेपाल सहभागी हुने जनाए।

संविधानले परिकल्पना गरेको तीन तहः केन्द्र, प्रदेश र स्थानीय अनुसार अहिलेका गाविस र नगरपालिकाहरुको पुनःसंरचना, प्रदेशहरुको सीमाङ्कन, निर्वाचन क्षेत्रको निर्धारण हुनुपर्ने र संविधानबमोजिम बनेका निकायहरुको निर्वाचन हुनुपर्ने उनले बताए।

संविधान जारी भएपछि असन्तुष्ट रहेका पक्षलाई तत्काल सम्बोधन गर्नुपर्ने उनको धारणा थियो। 
 
छलफलमा उनले नयाँ शक्ति नेपालको अन्तरिम विधानका प्रावधान र संगठनात्मक सिद्धान्तको व्याख्या गरेका थिए। नयाँ शक्ति नेपालले सार्वजनिक छलफलका लागि विधान सार्वजनिक गरेको हो। व्याख्याका क्रममा उनले प्रारम्भिक रुपमा मार्गदर्शक सिद्धान्तका रुपमा समुन्नत समाजवाद उन्मुख वाम लोकतन्त्र हुने जानकारी उनले दिए।

नयाँ शक्ति पार्टीभित्र लोकपाल, अनुशासन आयोग, सदाचार आयोगको निर्माण गरी पार्टीलाई पारदर्शी, सुसंस्कृत बनाउने उनले बताए।
 
नयाँ शक्ति नेपालले पार्टीका सबै कमिटीहरु पार्टी सदस्यहरुको प्रत्यक्ष मतदानद्वारा निर्माण गर्ने जनाए। नयाँ शक्तिले पार्टी सदस्यता ५ लाख पुर्‍याउने लक्ष लिएको छ। 

असार १५ देखि असोज १५ सम्मको तीन महिने तत्कालीन कार्ययोजना अन्तर्गत भूकम्प पीडित जनतालाई सहयोग गर्ने, कालाबजारी, महंगी, भ्रष्टाचारका विरुद्ध अभियान सञ्चालन गर्ने लगायतका काम गरी जनताको पीरमर्कामा सहयोगी भूमिका पनि खेल्ने र सँगसँगै संगठन निर्माणको काम पनि गरिने जानकारी उनले दिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell