PahiloPost

Feb 26, 2025 | १४ फागुन २०८१

​लगोरी विश्वकपको तयारी गर्दै नेपाल



पहिलोपोस्ट

​लगोरी विश्वकपको तयारी गर्दै नेपाल

काठमाडौँ  : १५ सय वर्ष पुरानो धार्मिक एवम् प्राचिन खेल लगोरीको विश्वकपको लागि नेपालमा बिहीबारदेखि प्रशिक्षण सुरु गरिएको छ। लगोरी खेलका संस्थापक भारतीय सन्तोष गुरवले नेपाली टीमको प्रशिक्षण सुरु गरका छन्।

आगामी डिसेम्बर २५ देखि ३० सम्म भारतको मुम्बई पहिलो लगोरी विश्वकप हुँदैछ र त्यसैमा नेपाल पनि लगोरी विश्वकपमा डेब्यु गर्न लागेको हो। 

विश्वकप सहभागिताका लागि एक महिना क्याम्प राखिने नेपाली प्रशिक्षक प्रताप क्षेत्रीले बताए। उनका अनुसार एक सय खेलाडीबाट नेपाली राष्ट्रिय टोलीका लागि कुल १२ खेलाडी छनोट गरीने छ। 

काभ्य स्कुलको खेल मैदानमा लगोरीका लागि ५० खेलाडीले पहिलो पटक प्रशिक्षण लिएका छन्। लगोरी खेललाई नेपालमा प्रज्वल प्रताप क्षेत्रीले सुरु गरेका थिए। हिन्दु धर्ममा पनि भगवान श्री कृष्णले खेल्ने गरेको धार्मिक आस्था रहेको छ। यस खेललाई नेपालमा सात तिलो, पिकु र गेम बलको नामले खेलिँदै आएको छ। 


विश्वका विभिन्न ११ राष्ट्रमा आफ्नै देशका धार्मिक संस्कारका रुपमा लगोरी खेल खेलिँदै आएको छ। लगोरी खेललाई क्यानाडामा तिलो, बगंलादेशमा सात चरा, साउदी अरब र इरानमा हाफ्ट साङ तथा अफगानिस्तानमा सान्त्राकन नामले पराम्परागत रुपले खेलिँदै आएको संस्थापक सन्तोष गुरवले बताए।  

हाल नेपालमा विभिन्न जिल्ला, क्लब र विद्यालय गरी एक सय स्थानबाट लगोरी खेल्न सुरु गरिएको नेपाल लगोरीका संस्थापक क्षेत्रीले बताए। हाल ५० राष्ट्र अन्तर्राष्ट्रिय लगोरी फेडेरेसनमा आवद्ध छन्।

के हो लगोरी ?

लगोरी दुई टीमबीच खेलिने खेल हो। यस खेलको लागि खेल स्थानको बीच भागमा ढुङ्गा खप्टाएर राखिएको हुन्छ र एक टीमका खेलाडीले बल हानेर त्यसलाई ढलाउँछ। अनि ढलेको ढुङ्गा ढलाउने खेलाडीको टीमले पुन मिलाएर राख्नुपर्छ। यसक्रममा विपक्षी टीमले उनीहरुलाई बलले हान्छ। यदि बलले लागेको खण्डमा ढलाउने टीमका खेलाडी आउट हुन्छन् र बाँकी खेलाडीले मात्र खेल्छन्। अन्यथा बलले नलागी उनीहरुले ढुङ्गा मिलाएर राखेमा टीम विजयी हुन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell