PahiloPost

Sep 16, 2026 | ३१ भदौ २०८३

​अभिवादनमा रामराम भन्नुस् ! : बाबुराम



पहिलोपोस्ट

काठमाडौं : माओवादी 'जनयुद्ध'का योजनाकारसमेत रहेका डाक्टर बाबुराम भट्टराई नयाँ पार्टी नयाँ शक्तिको संयोजक भएपछि धेरैले उनलाई सोधिसके - तपाईँको पार्टीमा सम्बोधन कसरी गर्ने?

नयाँ शक्ति पार्टीलाई बाम लोकतान्त्रिक पार्टी भनेर व्याख्या गरेका संयोजक भट्टराईलाई मुठ्ठी कसेर लाल सलाम भन्ने धेरै नै छन्। बाम पृष्ठभूमिबाट आएकाले लाल सलाम भन्नु स्वभाविक हो। उनकै पार्टीमा कांग्रेस छोडेर आउने पनि छन्। उनीहरुका लागि लाल सलाम 'पच्ने' कुरै भएन।

बिहीबार भट्टराईले पत्रकारसँग गरेको छलफलमा उनले अभिवादनको प्रसंग उठाए। भने, 'जे मन लाग्छ भन्नुस् लाल सलाम पनि हुन्छ, नमस्ते भने पनि हुन्छ, जय नेपाल भने पनि हुन्छ… राम राम भने पनि हुन्छ।'

बाबुराम भट्टराईले अभिवादनको सूची दिने क्रममा 'रामराम' भनेपछि उपस्थितमा हाँसो उठ्ला त?

खासमा उनलाई राष्ट्रिय पोशाक दौरा सुरुवाल स्वीकार गर्ने कि नगर्ने भनेर सोधिएको थियो। उनले आँङ ढाक्ने पोशाकको राष्ट्रियता नहुने भन्दै जुनसुकै पोशाक पनि स्वीकार गर्ने बताएका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell