PahiloPost

Jun 12, 2026 | २९ जेठ २०८३

​सुन पसलमा काम गर्ने पार्टी प्यालेसको चर्पीमा मृत भेटिए



रासस

इनरुवा : सुनसरी सदरमुकाम इनरुवा–२ स्थित एक पार्टी प्यालेसमा बिहीबार एकजनाको मृत्यु भएको छ।
 
इनरुवा–२ मा रहेको माँ जानकी पार्टी प्यालेसको शौचालयमा इनरुवा–१ को सुन पसलमा काम गर्ने ४० वर्षीय जीवछ स्वर्णकारको मृत्यु भएको हो।
 
शौचालयमा घोप्टो परी मृत अवस्थामा जीवछ रहेको भेटिएको प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिए। शवपरीक्षणका लागि जिल्ला अस्पताल सुनसरीमा राखिएको छ। घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell