PahiloPost

Jan 12, 2026 | २८ पुष २०८२

यार्सा टिपेर फर्केका मुनबहादुर मृत भेटिए



रासस

जुम्ला : यार्सागुम्बा टिपेर घर फर्केका गज्र्याङ्कोट–२ जुम्लाका ३९ वर्षीय मुनबहादुर रावल मृत अवस्थामा भेटिएका छन्।
 
गत जेठ १० गते रावल यार्सा टिप्न मुगुको पाटनतर्फ गएका थिए। उनी असार १० गते मुगुबाट घर फर्केका थिए। असार १२ गते म घर आउँछु, खाना पकाइराख्नु भनी घरमा परिवारलाई जानकारी दिएका उनी बिहीबार गोठीचौर–९ स्थित दुइया भिरको ५०० मिटर तल मृत अवस्थामा भेटिएको प्रहरी नायब निरीक्षक प्रेम रेग्मीले जानकारी दिए।
 
यही असार १२ गते नै घर पुग्छु भनेका रावल घरमा नपुगेपछि स्थानीयवासीले खोजी गरेका थिए । उनलाई भेटाउन नसक्दा खोजीका लागि प्रहरीलाई गुहारेका थिए।
 
सोही अनुसार खोजतलास गर्दा चार दिनपछि उनको लास भेटिएको प्रहरी नायब निरीक्षक रेग्मीले बताए। शव कुहिएको र शवपरीक्षण गर्न नसकिने अवस्थामा रहेकाले बुधबार नै आफन्तलाई बुझाइएको उनले जनाए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell