
मनिषा कोइरालाको दक्षिण भारतीय फिल्म ओरु मेल्लिया कोडु आज रिलिज हुँदैछ। फिल्मको लिड रोलमा देखिने मनिषाले यस फिल्मका लागि रमेश सिप्पीको फिल्म स्वीकारेकी थिइनन्। सिप्पीले ने मनिषालाई बलिउडमा स्थापित गर्न प्रमुख भूमिका खेलेका थिए।
तमिल फिल्म ओरु मेल्लिया कोडु स्पेनिस थ्रिलर एल क्युरोपबाट प्रभावित फिल्म हो जसलाई ए एम आर रमेशले निर्देशन गरेका छन्। लामो समय विश्रामपछि दक्षिण भारतीय फिल्ममा आउन लागेकी मनिषालाई शुभकामना।