PahiloPost

Feb 26, 2025 | १४ फागुन २०८१

गुण्डा नाइके दीपक मनाङे पक्राउ, एसएसपी थापा भन्छन्- 'गुण्डालाई पूरै वास गर्छु'



पहिलोपोस्ट

गुण्डा नाइके दीपक मनाङे पक्राउ, एसएसपी थापा भन्छन्- 'गुण्डालाई पूरै वास गर्छु'

काठमाडौं : 'गुण्डा नाइके' दीपक मनाङे भनिने राजीव गुरुङलाई प्रहरीले पक्राउ गरेको छ।
 
प्रहरीले मनाङेलाई गएराति ठमेलबाट नियन्त्रणमा लिएको हो। सम्पति शुद्धीकरणको मुद्दा खेपिरहेका मनाङेले केही दिनअघि विशेष अदालतका कर्मचारीलाई थर्काएका थिए। त्यही आरोपमा उनलाई नियन्त्रणमा लिइएको एसएसपी विक्रमसिंह थापाले बताए।
 
त्यस्तै, अवैध रुपमा पैसा असुल्दै आएका चक्रेका सहयोगी राजीवकुमार सिंहलाई पनि प्रहरीले पक्राउ गरेको छ।
 
प्रहरीले गुण्डा पक्राउ अपरेसनलाई सक्रिय बनाएको जनाएको छ। केही दिनअघि मात्रै काठमाडौंको बिजुलीबजारबाट जसवन्त राईलाई गोली हानी पक्राउ गरेको थियो ।
 
'राजधानीमा अब गुन्डाराज चल्दैन, मसल देखाएर थर्काउनेहरु अब हाम्रो विशेष निगरानीमा छन्,' एसएसपी थापाले भने, 'काठमाडौंका गुण्डालाई पूरै वास गर्छु।'

(फाइल फोटो)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell