PahiloPost

Sep 16, 2026 | ३१ भदौ २०८३

युरोबाट स्पेन बाहिरिएपछि प्रशिक्षक भिसेन्टले दिए राजीनामा



पहिलोपोस्ट

युरोबाट स्पेन बाहिरिएपछि प्रशिक्षक भिसेन्टले दिए राजीनामा

डिफेन्डिङ च्याम्पियन स्पेन फ्रान्समा जारी युरो २०१६ बाट बाहिरिएपछि प्रशिक्षक भिसेन्ट डेल बोस्कले आफ्नो पदबाट राजीनामा दिएका छन्।
 
इटलीसँग २–० ले पराजित भएपछि स्पेन प्रिक्वाटरफाइनलबाटै बाहिरिएको हो। बोस्कको प्रशिक्षणकालमा स्पेनले पहिलो पटक सन् २०१२ मा विश्वकपको उपाधि जितेको उचालेको थियो भने २०१२ मा लगातार दोस्रो पटक युरो च्याम्पियन बनेको थियो।
 
सन् २००८ मा लुइस एरागोनेसले स्पेनलाई युरो उपाधि दिलाएपछि डेल बोस्क स्पेनको प्रशिक्षक बनेका थिए। 'प्रशिक्षक रहिरहने मेरो कुनै चाहना छैन,' बोस्कले स्पानिस रेडियो नासिओनालसँग भनेका छन्।
 
स्पेनको प्रशिक्षक हुनुअघि डेल बोस्कले रियल मड्रिड र टर्किस क्लब बेसिकटासको प्रशिक्षण सम्हालेका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell