PahiloPost

Sep 16, 2026 | ३१ भदौ २०८३

असारमा गाँजा काट्दै प्रहरी!



पहिलोपोस्ट

असारमा गाँजा काट्दै प्रहरी!

काठमाडौं : बिहीबार दिनभर जसो ललितपुरका प्रहरीहरु गाँजा काट्न व्यस्त भए। अवैधरुपमा लगाइएको गाँजा फडानी गर्न प्रहरी दिनभर जुट्यो।

महानगरीय प्रहरी परिसर ललितपुरबाट प्रहरी नायव उपरीक्षक प्रकाश रानाभाटको नेतृत्वमा खटिएको ८९ जना प्रहरीको टोलीले गाँजा फडानी गरेको हो। ललितपुर जिल्लाको गोदवारी नगरपालिका वडा नं ४ स्थित चापाखर्क र त्रिवेणी क्षेत्रमा गाजा फडानी गरिएको हो। विभिन्न व्यक्तिले मकैबारी र आसपासका ७ सय रोपनीमा लगाएको गाँजा फडानी गरिएको प्रहरीले जनाएको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell