
काठमाडौं : केही दिनदेखि परेको अविरल वर्षापछिको पहिरो र बाढीबाट भएको क्षतिप्रति दु:ख व्यक्त गर्दै नेपाली कांग्रेसले राहत र उद्धारमा जुट्न आग्रह गरेको छ।
धादिङ, गोरखा, दोलखा लगायत देशका विभिन्न भागहरुमा आएको बाढी र पहिरोमा परी कतिपय व्यक्तिहरु हराइरहेका, सयौँको संख्यामा घाइते भएका र धनसम्पत्तिको अपूरणीय क्षति भएको जनाउँदै कांग्रेसले विपत्तिको सामना गर्न आग्रह गरेको हो।
कांग्रेस सभापति शेरबहादुर देउवाले पीडित परिवारहरुको उद्धार र राहतका लागि पार्टीका स्थानीय निकायहरु तथा भातृ एवं शुभेच्छुक संघ संस्थाहरुलाई सहयोग पुर्याउन निर्देशन समेत दिएका छन्। साथै सरकारसँग पनि तत्काल यस कार्यमा जुट्न आग्रह गरिएको छ।