PahiloPost

Apr 7, 2026 | २४ चैत्र २०८२

झरीमा सवारी चलाउन ट्राफिक प्रहरीको ४ टिप्स



पहिलोपोस्ट

झरीमा सवारी चलाउन ट्राफिक प्रहरीको ४ टिप्स

काठमाडौं : झरीले धेरै भागमा यातायात अवरुद्ध पारेको छ। नेपाल प्रहरीका अनुसार मुङलिङ-चितवन खण्ड पहिरो र ठूलो चट्टान झरेका कारण ठप्प छ। पुष्पलाल राजमार्गको दोलखा लाकुरी डाँडामा पहिरो जाँदा बाटो बन्द छ।

काठमाडौंमा पनि झरीले सडक जाम गराइरहेको प्रहरीले जनाएको छ। यस्तो झरीमा यात्रा गर्दा सेफ्टी फस्ट भन्दै प्रहरीले होस पुर्‍याउन भनेको छ। झरीमा सवारी चलाउँदा ट्राफिक प्रहरीले दिएको टिप्स यस्ता छन् -

ब्रेक ठीक छ?

वर्षातको समयमा सवारी चलाउँदा विशेष ख्याल गर्नु पर्दछ। पानीले सडक भिजेको बेलामा आफ्नो सवारी साधन लिएर सडकमा निस्कनु अघि सवारी साधनको चेकजाँच गर्नुपर्छ र विशेषगरी वाइपर, हेडलाइट र ब्रेक ठिक हालतमा हुनुपर्छ।

 
स्लो हिड्नुस्, ग्याप  राख्नुस

सवारीको गति कम गर्ने र सवारी साधनहरुबीचको दुरी बढाउने कार्य गर्नुका साथै अन्यत्र ध्यान मोडिने कार्यहरु (जस्तै; मोबाइल फोनको प्रयोग गर्ने र ऐनामा आफ्नो अनुहार हेर्ने/ मेकअप गर्ने) गर्नुहुँदैन।

 
सडक विस्तारले खाडल होला

विभिन्न स्थानहरुमा सडक निर्माणको कार्य भइरहेकाले पानी जमेको ठाउँमा ख्याल गरेर मात्र सवारी चलाउनु पर्छ।
 

अरुलाई नभिजाउनुस्

पैदलयात्रीहरुलाई पानी छिट्याउने काम सभ्यताको सुचक हुन सक्दैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell