PahiloPost

May 1, 2026 | १८ बैशाख २०८३

महाकालीमा पनि गड्गडाउँदो बाढी



रासस

भीमदत्तनगर : लगातारको वर्षाका कारण महाकाली नदीमा पानीको बहाव आज बिहानबाट बढेको छ। इलाका प्रहरी कार्यालय गड्डाचौकीका अनुसार केहीबेरअघि गरिएको मापनअनुसार महाकाली नदीमा पानीको बहाव एक लाख ८५ हजार क्युसेक नाघेको छ।
 
पानीको बहाव बढेपछि सीमावर्ती महाकाली नदीमा रहेको शारदा ब्यारेज (वनबासा पुल)मा चार पाङ्ग्रे सवारी साधनलाई बिहान १० बजेदेखि आवागमनमा रोक लगाइएको छ।
 
महाकालीमा पानीको बहाव एक लाख क्युसेक नाघेपछि भारतीय पक्षले पुलको अवस्था नाजुक रहेका कारण ठूला सवारी साधनलाई रोक लगाउँदै आएको छ। इलाका प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक गोकुल बलायरले पुलमा मोटरसाइकल, पैदलयात्रीलाई भने रोक नलगाइएको जानकारी दिए। सुदूरपश्चिमको पहाडी जिल्ला बैतडी र दार्चुलामा वर्षा भएका कारण पानीको बहाव बढ्दै गइरहेको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell