PahiloPost

Feb 26, 2025 | १४ फागुन २०८१

सांसदको प्रश्न - जोखिम बढ्यो बाढी र पहिरोको, के छ तयारी सरकारको?



पहिलोपोस्ट

काठमाडौँ : शुक्रबार संसदको बैठकमा सांसदहरुले बाढी पहिरो र खडेरी सम्झिए। अनि भूकम्प पीडितलाई गुज्रन सक्ने समस्यामा सरकारको ध्यानाकर्षण गराए।
 
'बाढी पहिरोका कारण भएको जनधनको क्षतिमा राज्यले ध्यान देओस्', कांग्रेस प्रमुख सचेतक समेत रहेका गोर्खाका सांसद चीनकाजी श्रेष्ठले भने।
 
'हिजो खडेरीले सतायो, अहिले बाढीले बगायो। प्रकृतिले त कष्ट पारि दियो। सरकारले पनि हेरेन । अविरल बर्षाका कारण पीडामा रहेका नागरिकलाई राहत दिइयोस्', हुम्लाका सांसद जीवनबहादुर शाहीले गुनासो पोखे।
 
 
एमाओवादीका हितराज पाण्डेले केही दिनदेखिको अविरल बर्षाका कारण भूकम्पको केन्द्रबिन्दु आपपासका बारपाक, लाप्राक लगायतका क्षेत्रमा जमिन चिरा परेको र त्यहाँ पहिरोको उच्च जोखिम रहेको बताए। '२०० घर पहिरोको उच्च जोखिममा छन् । त्यहाका जनतालाई तत्काल अन्यत्र सार्ने व्यवस्था होस्। जस्ताको टहरामा पनि बस्न सक्ने अवस्था भएन', उनले गुनासो गरे।
 
उनले अघिल्लो बर्ष नै बस्ती स्थानान्तरणका लागि अनुरोध गरेपनि सरकारले ध्यान नदिएको प्रति रोष प्रकट गरे।
 
सुवोध पोखरेलले अतिवृष्टिका कारण कञ्चनपुर, राजविराज लगायतमा डुवानमा परेको प्रति सरकारको ध्यानाकर्षण गराए।
 
सांसद अइन्द्र सुन्दर नेम्वाङले पाँचथरका धेरै गाविसमा घर लडेको प्रति सरकारको ध्‍यान नगएको बताए।

'पशुपक्षी मारिएका छन्। मनसुन सक्रिय भएपछिको क्षतिमा राज्यले ध्यान दिनुपर्छ। उचित राहतको व्यवस्था होस्', उनले भने।
 
प्रेम सुवालले सरकारले पहिरो जोखिमको एकिन गरी जनधनको क्षति नयुनीकरण गर्न ध्यान पुर्याउयनुपर्ने बताए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell