PahiloPost

Apr 27, 2026 | १४ बैशाख २०८३

​पूर्व शिक्षामन्त्री मंगलसिद्धि मानन्धरको निधन



पहिलोपोस्ट

​पूर्व शिक्षामन्त्री मंगलसिद्धि मानन्धरको निधन

पूर्व शिक्षामन्त्री मंगलसिद्धि मानन्धरको आज निधन भएको छ। उनी एमाले परित्याग गरी पछिल्लो समय संघीय समाजवादी फोरममा सहभागी भएका थिए। 

उनी फोरमको सल्लाहकार समितिको अध्यक्ष पनि थिए। 

संघीय समाजवादी फोरम नेपालका सह-अध्यक्ष राजेन्द्र श्रेष्ठले उनको निधन भएको पुष्टि गरे। '१० बजेर ४५ मिनेटमा नर्भिक अस्पतालमा उहाँको निधन भयो,' श्रेष्ठले पहिलोपोस्टसित भने, 'पार्टी र परिवारजन मिलेर अन्येष्टि लगायतका विषयमा छलफल गर्दैछौँ।'

मानन्धर योजना आयोगको उपाध्यक्ष समेत भएका थिए भने काठमाडौँ क्षेत्र नं ५ बाट २०५६ सालको निर्वाचनमा निर्वाचित सांसद भएका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell