PahiloPost

May 12, 2025 | २९ बैशाख २०८२

साहरुख र सलमानको साइकल दोस्ती



पहिलोपोस्ट

साहरुख र सलमानको साइकल दोस्ती

भारतका दुई चर्चित नायक साहरुख खान र सलमान खान लामो समयसम्म एक-अर्कासँग बोल्दैनथे। तर दुई वर्षअघि रमजानको एक कार्यक्रममा प्याच भएका यी दुईबीच आजकल गजबको दोस्ती जमेको देखिन्छ।
 
दुई स्टारले 'नो पोलुसन'को सन्देश दिँदै साइकलमा बसेर पोज दिएका छन्। साहरुखले 'भाइभाइ अन बाइक बाइक... भाइ सेज माइकल लाल साइकल लाल' भन्दै ट्वीटरमा फोटो पोस्ट गरेका छन्।
 
फोटोमा दुई खानको दोस्ती मात्र देखिँदैन, उनीहरुले सन्देश पनि दिन खोजेका छन्। यस्तै पोलुसन कम गर्नका लागि नायकहरुले साइकलको प्रमोसन समेत गरेका छन्।
 
साहरुखले केही समयअघि सलमानको फिल्म सुल्तानको सेट समेत भ्रमण गरेका थिए।
 
सलमान खान अहिले सुल्तानको रिलिजको प्रतिक्षामा छन् भने साहरुखले अभिनय गरेको 'रइस' सन् २०१७ को सुरुवातमा रिलिज हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell