PahiloPost

Mar 11, 2026 | २७ फागुन २०८२

पिपुल च्वाइस अवार्डका लागि छानिए यी खेलाडी, तपाईंको रोजाइ को?



पहिलोपोस्ट

पिपुल च्वाइस अवार्डका लागि छानिए यी खेलाडी, तपाईंको रोजाइ को?

काठमाडौं : नेपालमा तपाईंलाई मन पर्ने खेलाडी को हुन्? चर्चित खेलाडीको नाम लिँदा कसको नाम लिनुहुन्छ?
 
एसएमएस गरेर आफूलाई मन पर्ने खेलाडीलाई जिताउनुहोस्। चर्चित खेलाडी छान्नुहोस्। यसका लागि नेपाल खेलकुद पत्रकार मञ्च एनएसजेएफले पल्सर  स्पोर्टस् अवार्ड अन्तर्गत पिपुल च्वाइस अवार्डको मनोनयन सार्वजनिक गरेको छ।
 
शुक्रबार ललितपुरमा एक कार्यक्रमका बीच एनएसजेफले वर्षका पाँच चर्चित खेलाडीको सूची सार्वजनिक गरेको हो।
 
यसअघि पपुलर अवार्डको नाममा प्रदान गरिँदै आएको उक्त अवार्डलाई यसै संस्करणमार्फत परिवर्तन गर्नै पिपुल च्वाइस अवार्डको नामकरण गरिएको हो।
 
पिपुल च्वाइस अवार्डका लागि फुटबलर नवयुग श्रेष्ठ, युवा क्रिकेटर सन्दीप लामिछाने, भारोत्तलनकी तारा देवी पुन, भलिबलकी प्रतिभा माली र टेबल टेनिसकी नविता श्रेष्ठ परेकी छिन्।
 
एनएफजेएफले हरेक वर्ष प्रदान गर्दै आएको पल्सर स्पोर्टस् अवार्ड यस पटक आगामी साउन ६ गते प्रज्ञा भवनमा हुनेछ।

एसएमएस गर्नका लागि यस्तो छ प्रक्रिया-

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell