
रसियाको समाचार संस्था आरआइए नोभोस्टीका अनुसार १० यात्रुसहित हराइरहेको रसियन विमान जंगलमा लागेको आगो निभाउनका लागि गएको थियो। सुरुमा ११ जना विमानमा रहेको जानकारी दिइएको भए पनि हराइरहेको विमानमा १० जनामात्रै रहेको पुष्टि भएको छ।
'मस्कोको समयअनुसार बिहान ६:३० बजे विमानमा रहेका उद्दारकर्ताले सम्पर्क गर्नुपर्थ्यो तर उनीहरु यसमा असफल रहे,' स्रोतलाई उदृत गर्दै आरआइएन नोभोस्टीले जनाएको छ।
रसियाको आपतकालीन अवस्था हेर्ने मन्त्रालय मिनिस्ट्री अफ इमरजेन्सी सिच्वेसनले घटनाको पुष्टि गरेको छ र उद्दार तथा खोजीका लागि हेलिकप्टर परिचालन गरिएको जनाएको छ।
मस्को नजिकबाट अर्को रेस्क्यु टोली पनि परिचालन गरिएको मन्त्रालयले जानकारी दिएको छ। 'दुई सुपरजेट १०० विमान र II-76 विमान पनि १ सय प्यारासुट रेस्क्युअरसहित खोजीका लागि उड्न तयार भएका छन्,' मन्त्रालयले भनेको छ।