PahiloPost

Apr 27, 2026 | १४ बैशाख २०८३

पूर्व प्रम कृष्णप्रसाद भट्टराईको मृत्यु भएको ६ वर्षपछि किरिया खर्च!



पहिलोपोस्ट

पूर्व प्रम कृष्णप्रसाद भट्टराईको मृत्यु भएको ६ वर्षपछि किरिया खर्च!

काठमाडौं : पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको मृत्यु भएको ६ वर्षपछि सरकारले किरिया खर्च तिरेको छ। भट्टराईसँगै पूर्व प्रधानमन्त्रीहरु गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको किरिया खर्चसमेत तिरेको छ।

भट्टराईको २०६७ फागुन २० गते मृत्यु भएको थियो। सरकारले किरिया खर्च भने २०७३ वैशाख २३ गते कांग्रेसबाट प्रधानमन्त्री बनेका तीनै जनाको किरिया खर्च दिने निर्णय गरेको थियो। सरकारले किरिया खर्चको रकम पशुपति क्षेत्र विकास कोषलाई दिने निर्णय गरेको हो। तीन जना पूर्व प्रधानमन्त्रीहरुको किरिया खर्चका लागि सरकारले ३० लाख १९ हजार ६ सय ३१ रुपैयाँ दिएको छ।

यो रकम अर्थ मन्त्रालयको विविध शीर्षक अन्तर्गत निकाशा र रकमान्तर भएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell