
पुर्व स्वीडिस स्ट्राइकर ज्लाटन इब्राहिमोभिच इंग्सिल क्लब म्यानचेष्टर युनाइटेडसँग अनुबन्धित भएका छन्। गत सिजन फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन छाडेपछि क्लब बिहिन रहेका इब्राहिमोभिचलाई युनाइटेडले १ वर्षको लागि सम्झौता गरेको छ।
सम्झौता पछि उत्साहित हुँदै इब्राहिमोभिचले आफु पुन माउरिन्होसँग काम गर्न नकुर्ने बताएका छन्। उनले माउरिन्होलाई फ्यान्टास्टिक म्यानेजर भन्दै नयाँ चुनौतीमा काम गर्न तयार रहेको बताए। ज्लाटन र जोसे माउरिन्होले इटालियन क्लब सिरी ए मा संगै बिताएका थिए।
इब्राहिमोभिचले इन्स्टाग्राम मार्फत आफ्नो अबको गन्तव्य म्यानचेष्टर युनाइटेड भएको भन्दै पोष्ट गरेको २४ घण्टा पछि नै युनाइटेडले उनलाई अनुबन्ध गरेको हो।
चार फरक देशको लिग जितेको इब्राहिमोभिचले माउरिन्होको बारे भनेका छन् ''उनी विजेता हुन्, म पनि विजेता हुँ, र हामी दुवैलाई थाहा छ हामी के चाहन्छौ हामी जित्न चाहन्छौं। हामी जहाँ जान्छौ जित्छौं र जित्नेछौं।''
माउरिन्हो युनाइटेडको प्रशिक्षक बनेपछि ओल ट्राफोर्ड क्लबमा अनुबन्ध हुने इब्राहिमोभिच दोस्रो खेलाडी हुन्। युनाइटेडले यसअघि भिल्लारियलबाट डिफेन्डर एरिक बेलीलाई भित्राइसकेको छ।
स्वीडिस क्लब माल्मो एफसी बाट क्लब करियर सुरु गरेका इब्राहिमोभिचले अयाक्स, युभेन्ट्स, इन्टर मिलान, बार्सिलोना, एसी मिलान र पेरिस सेन्ट जर्मेनका लागि खेलिसकेका छन्। इब्राहिमोभिचले क्लब फुटबलमा सबैखाले खेलमा गरेर ६७७ खेलमा ३९२ गोल गरेका छन्।
यस्तै युरोकपको समूह चरणबाटै आउट भएपछि अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका उनले स्वीडेनका लागि ११६ खेलमा ६२ गोल गरेका छन्।