PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

एसएसपी सर्वेन्द्र खनालको युरो नजर : 'जर्मन खेलाडीको जमाएर हान्ने शैली मन पर्छ'



सविन ढकाल

एसएसपी सर्वेन्द्र खनालको युरो नजर : 'जर्मन खेलाडीको जमाएर हान्ने शैली मन पर्छ'

काठमाडौं : नेपाली फुटबलरहरुले म्याच फिक्सिङ गरेको घटना पत्ता लगाएपछि उनको चर्चा झन् चुलियो। राजधानीका डन तह लगाउनदेखि म्यानपावर व्यवसायीको ठगीधन्दा रोक्न समेत उनी सक्रिय छन्। डनलाई 'सुट' गरेर जनताको स्याबासी बटुलेका उनी फुटबल खेलमा पनि सुट गरेर मात्र जित्न सकिने धारणा राख्छन्।
 
यिनै फुटबलप्रेमी प्रहरी अधिकारी हुन्- एसएसपी सर्वेन्द्र खनाल।
 
खनाल जति कुशल सुरक्षाकर्मी हुन् त्यति नै खेलाडी। उनी पछिल्लो समय ब्याडमिन्टमा प्रहरी प्रशासनभित्र कलिएका खेलाडी हुन्। विद्यार्थी जीवनमा राम्रा फुटबल खेलाडी पनि थिए उनी।
 
'युएन र त्यहाँको लोकल टिमको गेम थियो, मैले पहिलै नै गोल गरेँ,' खनाल आफू मिसनमा विदेश जाँदाको क्षण सम्झन्छन्, 'त्यसपछि त मलाई एकदम राम्रो खेलाडी सम्झेर सबैले चेयरअप गरे। त्यसपछि गोल नै गर्न सकिनँ।'
 
उनको विचारमा फुटबलमा जित्नको लागि खेलाडीमा टेक्निकसँगै गोल सुट गर्ने क्षमता हुनपर्छ। जर्मनी र इटलीका खेलाडीको सुट गर्ने क्षमता राम्रो भएको उनको मूल्यांकन छ। 'त्यही भएर नै सफतला हासिल गरिरहेका छन्,' भन्छन्, 'जर्मनीका खेलाडीको चाहिँ जमाएर हान्ने शैली निकै मन पर्छ।'
 
युरोकप फुटबलमा खुबै चासो राख्ने एसएसपी खनालले यसपटकका खेलहरु भने कार्यव्यस्तताले सबै हेर्न पाएका छैनन्। समय मिलाएर क्वारटरफाइनलका केही खेल भने हेर्दैछन्। जर्मनीको टिमलाई मन पराउने उनी बाँकी खेलहरु साथीभाइबीच बसेर हेर्ने मूडमा छन्। आज शनिबार उनैले मन पराउने जर्मनी र इटली भिड्दैछन्।
 
नेपाली फुटबल खेलाडीको म्याच फिक्सिङ काण्डमा खनालले खेलेको भूमिकालाई सबैले तारिफ गरे। 'इटलीको टिममा पनि पहिले म्याच फिक्सिङ हुने गरेको थियो,' उनी भन्छन्, 'यो कुरा पत्ता लगाएपछि नै हो उसले सफलता पाउन थालेको।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell