PahiloPost

Feb 26, 2025 | १४ फागुन २०८१

सवारी दुर्घटनामा दुई जनाको मृत्यु



पहिलोपोस्ट

काठमाडौं : धादिङको जोगीमारामा ट्रक र माइक्रो बस एकापसमा ठक्कर खाँदा एक जनाको ज्यान गएको छ।
 
जोगीमारा- २ मौवा खोलास्थित पृथ्वी लोकमार्गमा ना ४ ख ४६१ नम्बरको ट्रकले बा २ ख ५२२८ नम्बरको माइक्रोलाई ठक्कर दिँदा माइक्रोमा सवार एक जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा अन्दाजी ३५ वर्षीय पुरुष छन्।
 
घटनामा घाइते तीन जनाको गजुरी अस्पताल र मलेखु अस्पतालमा उपचार भइरहेको छ। दुवै सवारी साधन र चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ।
 
यस्तै, नवलपरासीको गैंडाकोट नगरपालिका १३ स्थित हर्कपुरमा आज बिहान बसको ठक्करबाट अन्दाजी ६० वर्षीय पुरुषको मृत्यु भएको छ। बिहान सवा ४ बजे लु १ ख ६८९५ नम्बरको बसले उनलाई ठक्कर दिएको थियो।
 
घटनापछि उपचारका लागि जिल्ला अस्पताल चितवनमा पुर्‍याइए पनि उपचारक्रममा उनको मृत्यु भएको हो। मृतकको सनाखत हुन नसकेको र ठक्कर दिने बससहित चालकलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय नवलपुरले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell