PahiloPost

May 23, 2026 | ९ जेठ २०८३

कांग्रेस नेता रामचन्द्र पौडेल भन्छन्- 'संविधान पुनर्लेखन सम्भव छ'



रासस

कांग्रेस नेता रामचन्द्र पौडेल भन्छन्- 'संविधान पुनर्लेखन सम्भव छ'

विराटनगर : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकार परिवर्तनका सम्बन्धमा पार्टीभित्र कुनै छलफल नभएको स्पष्ट पारेका छन्।

सत्ताभन्दा पनि संविधान कार्यान्वयनतर्फ दलहरुको ध्यान केन्द्रित हुनुपर्नेमा जोड दिँदै उनले स्थानीय निकायको निर्वाचन आवश्यक रहेको बताए।
 
विराटनगर विमानस्थलमा आज पत्रकारसँग कुरा गर्दै उनले सरकार परिवर्तनभन्दा पनि संविधान कार्यान्वयन नै कांग्रेसको लागि महत्वपूर्ण रहेको बताएका छन्। 'संविधान पुनः लेखनका कुरा सम्भव छ,' उनले भने, 'संविधान संशोधन गरेर मधेसी मोर्चाका माग सम्बोधन गर्न नसकिने होइन।'
 
सरकारले वार्ताका लागि पत्र पठाएकाले अब मोर्चालाई वार्ताको माध्यमबाट समस्या समाधानका लागि अग्रसर हुन पनि उनले आग्रह गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell