PahiloPost

Jul 24, 2026 | ८ साउन २०८३

बेल्जियमलाई जितेपछि वेल्सका जोए लेड्लीको यस्तो डान्स



पहिलोपोस्ट

बेल्जियमलाई जितेपछि वेल्सका जोए लेड्लीको यस्तो डान्स

बेल्जियमलाई पराजित गर्दै पहिलो सहभागितामै युरोकपको सेमिफाइनलमा पुगेपछि वेल्सका खेलाडी जोए लेड्लीले ड्रेसिङ रुममा आफ्नै शैलीमा डान्स गरेका छन्।
 
गएराति सम्पन्न क्वाटरफाइनल खेलका बेल्जियमलाई ३–१ ले हराउँदै वेल्स सेमिफाइनलमा पुगेको हो।
 
वेल्सका लागि एस्ले विलियम्स, रोब्सन कामु र साम भोक्सले एक/एक गोल गरेका थिए भने बेल्जियमका राड्दा नाइङगोलानले एक गोल गरे।
 
लेड्लीको डान्स मात्र होइन वेल्सका खेलाडीले खेल सकिएपछि खिचेको सामूहिक फोटोले पचि चर्चा पायो।

विजय हासिल गरेपछि मैदानमा पनि उनीहरु खुसीले रमाउँदै नाचेका थिए।



 
उनीहरुले मुटुको आकार बनाएर समेत फोटो खिचाए।

 
यस्तो छ लेड्लीको डान्स-
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell