PahiloPost

Feb 26, 2025 | १४ फागुन २०८१

नेता प्रकाशमान सिंह भन्छन्- 'कांग्रेस लोकतन्त्रको मियो हो'



पहिलोपोस्ट

नेता प्रकाशमान सिंह भन्छन्- 'कांग्रेस लोकतन्त्रको मियो हो'

काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधानलाई पूर्ण रुपमा कार्यान्वयनमा लैजान सकेमात्र स्वर्गीय गिरिजाप्रसाद कोइरालाप्रति सच्चा श्रद्धाञ्जली हुने बताएका छन्।
 
कोइरालाको ९३औं जन्म जयन्तीको सन्दर्भ पारेर नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर १० ले आयोजना गरेको प्रशिक्षणमा कार्यक्रममा बोल्दै सिंहले शान्ति प्रक्रिया नै कोइरालाको अगुवाइमा भएकाले संविधान कार्यान्वयमा जुट्न सबैलाई आग्रह गरे।
 
'कांग्रेसको नेतृत्वमा जारी भएको संविधान कांग्रेसबाहेक अरुले कार्यान्वयन गराउन सक्दैनन्,' नेता सिंहले भने, 'अहिले केही राजनीतिक शक्तिले कांग्रेसलाई चुनावविरोधी देखाउने प्रयास गरिरहेका छन्। तर कांग्रेस चुनावदेखि कहिल्यै डराउँदैन।' अन्तरिम कालका लागि नभई आवश्यक ऐनकानुन बनाएर तीनै तहको निर्वाचन गराउनुपर्नेमा कांग्रेसको जोड रहँदै आएको पनि उनले स्पष्ट पारे।
 
सबै परिवर्तनको तेतृत्व कांग्रेसले नै गरेको दाबी गर्दै उनले नेपालका सबै कम्युनिस्टहररु समेत कांग्रेसको सिद्धान्त संसदीय व्यवस्था स्विकारेर आइसकेको बताए। 'कांग्रेसलाई परिवर्तनविरोधी देखाउने कुचेष्टा बेलाबेला हुने गरेको छ,' उनले भने, 'तर कांग्रेस लोकतन्त्रको मियो हो।'
क्षेत्र नम्बर १० का सांसद राजन केसी, काठमाडौं जिल्ला सभापति सबुझ बानियाँ लगायतले प्रशिक्षणमा धारणा राखे। उक्त प्रशिक्षण आज दिनभर सञ्चालन हुने कांग्रेसले जनाएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell