PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

वेल्सका दुई खेलाडीले पोर्चुगल विरुद्धको सेमिफाइनल खेल्न नपाउने



पहिलोपोस्ट

वेल्सका दुई खेलाडीले पोर्चुगल विरुद्धको सेमिफाइनल खेल्न नपाउने

बेल्जियमलाई हराउँदै युरोकप २०१६ को सेमिफाइनल पुगेको वेल्सका दुई खेलाडीले पोर्चुगल विरुद्धको खेल गुमाउने भएका छन्।
 
बेल्जियम विरुद्धको जितमा दुई असिस्ट गरेका मिडफिल्डर आरोन राम्से र डिफेन्डर बेन डेभिसले पोर्चुगल विरुद्धको खेल खेल्न पाउने छैनन्।यसअघिका खेलमा दुई पहेँलो कार्ड खाएका कारण राम्से र डेभिसले पोर्चुगल विरुद्धको खेल खेल्न नपाउने भएका हुन्।
 
पहिलो पटक युरोकप खेलिरहेको वेल्स क्वाटरफाइनलमा बेल्जियमलाई ३–१ ले पराजित गर्दै सेमफिाइनलमा पुगेको हो।
 
यस्तै, पोर्चुगलका विलियम कार्भाल्होले पनि वेल्स विरुद्धको खेल गुमाउने भएका छन्। कार्भाल्होले पनि यसअघि दुई पहेँको कार्ड पाइसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell