
लखनउ : नेपालसँग सीमा जोडिएको भारतको राज्य उत्तर प्रदेशका ८ विश्वविद्यालय नक्कली रहेको विश्वविद्यालय अनुदान आयोगले जनाएको छ।
भारतको विश्वविद्यालय अनुदान आयोगले मुलुकभरि २२ वटा नक्कली विश्विद्यालय रहेको सार्वजनिक गर्दा ८ वटा उत्तर प्रदेशका परेका हुन्। उत्तर प्रदेशमा उच्च शिक्षाका लागि जाने नेपालीको संख्या ठूलो छ।
वृन्दावनमा रहेको गुरुकुल युनिभर्सिटी, इलाहवादका महिला ग्राम विद्यापिठ र गान्धी हिन्दी विद्यापिठ, कानपुरको नेसनल युनिभर्सिटी अफ इलेक्ट्रो कम्प्लेक्स होमियोपेथी, नोयडाको इन्द्रप्रस्थ एजुकेसन काउन्सिल, वनारसको वाराणस्य संस्कृत युनिभर्सिटी र अलिगढको नेताजी सुभाषचन्द्र बोस ओपन युनिभर्सिटी नक्कली रहेको आयोगले जनाएको छ।