
बलिउड अभिनेत्री प्रियंका चोपडाले आफू अहिलेसम्म डेटिङ नगएको बताएकी छिन्।
अमेरिकी थ्रिलर टेलिभिजन सिरिज क्वान्टीको मार्फत अन्तर्राष्ट्रिय स्तरमा चर्चा पाएकी चोपडाले 'इन स्टाइल म्यागेजिन'सँगको अन्तरवार्तमा उक्त खुलासा गरेकी हुन्।
'आई ह्याभ नेभर डेटेड,' प्रियंकाले भनिन्। उक्त म्यागेजिनको अगस्ट अंकको कभरमा देखिन लागेकी प्रियंकाले थपिन्, 'म सधैं रिलेशनसिपमा छु।'
उनले भारतमा सम्बन्धको सुरुवात गर्ने प्रोसेस धेरै फरक भएको समेत बताइन्।
पूर्व मिस वर्ल्डसमेत रहेकी ३३ वर्षे प्रियंकाको नाम विगतका दिनमा साहिद कपुर, साहरुख खान, हर्मान हवेजासँग जोडिएको थियो।
प्रियंकाले बेवाच मार्फत हलिउड फिल्ममा डेब्यु गर्दैछिन्।